माओवादीले राजधानीमा शक्ति प्रदर्शन गर्ने, प्रचण्ड आफैं जुलुसमा सहभागी हुने

काठमाण्डु टुडे २०८१ कार्तिक १० गते ९:०७ मा प्रकाशित

काठमाण्डु, १० कात्तिक– प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले शनिबार काठमाण्डुमा शक्ति प्रदर्शन गर्दैछ ।

काठमाण्डुको प्रदर्शनीमार्गमा माओवादीको बागमती प्रदेश र विशेष प्रदेहशको आयोजनामा खबरदारी सभा हुन लागेको हो । सभालाई अध्यक्ष प्रचण्डसहितका नेताले सम्बोधन गर्नेछन् ।
खबरदारीसभाअघि विभिन्न स्थानबाट जुलुस निकाल्ने तयारी छ । प्रचण्ड स्वयंले सुन्धाराबाट निस्कने जुलुसको नेतृत्व गर्नेछन् ।

अध्यक्षसहित सबै पदाधिकारी सहभागी हुने जुलुस सुन्धाराबाट बागबजार हुँदै भृकुटीमण्डप पुगेर सभामा परिणत हुने पो पार्टीका बागती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले जानकारी दिए ।

विपद् व्यवस्थापनमा सरकार असंवेदनशील, गैरजिम्मेवार र योजनाविहीन देखिएको, विपदमा बेपत्ताहरूको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण र पुनर्स्थापनामा सरकार चुकेको, प्रचण्ड नेतृत्वको सरकारले अघि बढाएको सुशासनको अभियानलाई कमजोर बनाउने षड्यन्त्र भइरहेको जस्ता विषयमा जनदबाब दिन खबरदारीसभ ागर्न लागिएको माओवादीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us