काठमाण्डु, ९ कात्तिक- एमाले महासचिव शंकर पोखरेलले
काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) -याप गाउंदागाउंदै मेयर निर्वाचित भएको टिप्पणी गरेका छन् ।
पार्टीनिकट अखिल नेपाल महिला संघ काठमाण्डु जिल्ला समितिले शुक्रबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले विचारबिनाको राजनीतिले मुलुकको विकास हुन नसक्ने बताए ।
नेपाली राजनीति विचारका आधारमा नभई लोकप्रियताका आधारमा अघि बढ्न खोजेको उनको भनाइ थियो ।
राजनीतिको दिशा नै गलत बाटोमा जाने स्थितिमा उत्पन्न भएको पोखरेलले बताए । कसैको विरोध गरेकै आधारमा मानिस लोकप्रिय हुने प्रवृत्ति देखिएको भन्दै पोखरेलले निन्दा र विरोध समस्याको समाघान नभएको उल्लेख गरे ।
‘लोकप्रियताको राजनीतिले अहिलेको समस्या समाधान गर्न सक्दैन । काठमाण्डुको चुनावको परिणामले कुनै एउटा विधामा चर्चामा रह्यो भने राजनीतिमा सफल भइन्छ भन्ने मान्यता अगाडि आयो’, बालेनलाई लक्षित गर्दै महासचिव पोखरेलले भने, र्याप गाउँदागाउँदै मेयर भए भनेपछि राजनीति त एउटा क्षेत्रमा लोकप्रिय भए पुग्यो । समाजमा कुनै एउटा क्षेत्रमा लोकप्रिय व्यक्ति राजनीतिमा आउनुपर्छ भन्ने परेको छ । विचारको आधारमा होइन, लोकप्रियताको कसीमा राजनीति चल्छ, कुनै एजेण्डा चाहिँदैन । आज कसैको विरोध गर्यो भने मान्छे लोकप्रिय हुन्छ । विरोध समस्याको समाधान हो र ?’
एमालेले काठमाण्डुको मेयर नजित्दा राजनीति नै गलत बाटोमा जान खोजिरहेको टिप्पणी पोखरेलको छ ।
संगठित रुपमा राजनीति चल्ने भन्दै उनले कुनै एक व्यक्तिले राजनीतिको सुधार गर्छ भन्ने कुरा कल्पना मात्र भएको तर्क गरे ।