काठमाण्डु, ९ कात्तिक– रास्वपाकी सांसद डा. तोसिमा कार्कीले रवि लामिछाने रिहा भएपनि आन्दोलन नरोकिने बताएकी छन । रास्वपा सभापति रवि लामिछाने पक्राउ विरुद्ध शुक्रबार नयाँ बानेश्वरमा गरेको खबरदारी सभामा सहभागी सांसद कार्कीले यस्तो बताएकी हुन ।
सांसद कार्कीले नागरिकस्तरको आन्दोलन सम्हालेर सम्हालिने अवस्था समेत नभएको पनि बताएकी छन । उाले भनिन्, ‘यो आन्दोलन सभापति रवि लामिछाने रिहा भएपनि रोकिँदैन ।
सहकारी पीडितले न्याय नपाएसम्म आन्दोलन जारी रहन्छ । यो आन्दोलन रवि लामिछाने पक्राउविरुद्ध मात्र होइन ।’