सूर्यदर्शन सहकारीको रकम ठगीमा संलग्न खनाल पक्राउ

काठमाण्डु टुडे २०८१ कार्तिक ९ गते १७:०० मा प्रकाशित

काठमाण्डु, ९ कात्तिक– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम ठगीमा संलग्न अर्का एक जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका– ८, बगालेफाँटका ४८ वर्षीय राम बहादुर खनाल रहेका छन् । सीआईबीले उनलाई शुक्रबार काठमाण्डुको पानीपोखरीबाट पक्राउ गरेको हो ।

पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने समेत प्रतिवादी रहेको उक्त सहकारीमा रकम हिनामिना प्रकरणमा अनुसन्धानका लागि नेचर हवर्स इन्टरनेशनल प्रा.लि. र गोरखा ग्रुप अफ कंपनी लिमिटेडको संचालक एवं शेयरधनी खनाललाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us