सुत्केरी बिदामा गएकी कर्मचारी गर्भवती भएर कार्यालय फर्किएपछि…

काठमाण्डु टुडे २०८१ कार्तिक ९ गते १५:३६ मा प्रकाशित

एजेन्सी– बेलायतमा सुत्केरी बिदामा बसेकी कर्मचारी गर्भवती हुँदै कार्यालयमा फर्किएपछि कम्पनीले ती कर्मचारीलाई कामबाट हटाएको छ । तर रोजगार न्यायाधिकरणमा ती महिला कर्मचारीले मुद्दा भने जित्न सफल भएकी छन ।

ती कर्मचारीलाई २८ हजार पाउन्ड क्षतिपूर्ति तिर्न न्यायाधिकरणले कम्पनीलाई आदेश दिएको छ । खबरका अनुसार पोन्टीप्रिडस्थित फर्स्ट ग्रेड प्रोजेक्ट्समा एडमिन असिस्टेन्टको रूपमा काम गरेकी ती महिलाले कम्पनीविरुद्ध भेदभावपूर्ण बर्खास्त गरेको भन्दै मुद्दा हालेकी थिइन ।

ती महिलाको नाम निकिता ट्विचेन रहेकबो बताइएको छ । सन् २०२२ को सुरुमा सुत्केरी बिदाबाट फर्किएको केही समयपछि महिलाले कम्पनीको प्रबन्ध निर्देशक जेरेमी मोर्गनलाई आफू गर्भवती भएको बताएकी थिइन् ।

निकिताका अनुसार उनले यसो भनेपछि मालिक अक्क न बक्क भएका थिए । र उनलाई कामबाट निकालिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us