काठमाण्डु, ९ कात्तिक– सरकारले ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिर्वतन गरेको छ । आज शुक्रबार गृह मन्त्रालयले ललितपुर र भक्तपुरलको जिल्लाका पनि सीडीओ परिर्वतन गरेको हो ।
मन्त्रालयले ललितपुरको सीडीओमा रमेश ढकालको सरुवा गरेको छ । यस्तै भक्तपुरको सीडीओमा गोपाल अर्यालको सरुवा भएको छ । तुलसी प्रसाद श्रेष्ठ गृह मन्त्रालयमा तानिएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका वासुवेद घिमिरेलाई रुपन्देहीको सीडीओमा सरुवा गरिएको गृह मन्त्रालयले स्रोतले जानकारी दिएको छ ।