भ्रष्टहरू सरकारमा, ०८४ सम्म रास्वपा सदन र सडकमा: हरि ढकाल

काठमाण्डु टुडे २०८१ कार्तिक ९ गते १४:२५ मा प्रकाशित

काठमाण्डु, ९ कात्तिक– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले २०८४ सम्म सडक र सदन रास्वपाको हुने बताएका छन ।

आज (शुक्रबार) माइतीघरमा प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै सांसद ढकालले यस्तो बताएका हुन । उनले भ्रष्टहरू सरकारमा र आफूहरू सदन सडकमा रहने पनि बताएका छन ।

उनले पुराना दलहरूले ३५ वर्षदेखि मुलुकमा रजगज गरेको अवस्थामा गत निर्वाचनबाट रास्वपा संसदमा आएपछि उनीहरूको निद्रा हराएको र राजनीतिक प्रतिशोधका आधारमा पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरिएको पनि बताएका छन ।

अहिले प्रर्दशनमा सहभागी रास्वपा नेता कार्यकताहरु माइतीघरबाट नाराबाजीसहित नयाँ बानेश्वरतर्फ अधि बढिरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us