भारतीय प्रधानमन्त्री रुस प्रस्थान

काठमाण्डु टुडे २०८१ कार्तिक ६ गते १२:४४ मा प्रकाशित

काठमाण्डु ६ कात्तिक– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन रुसको काजान प्रस्थान गरेका छन् । प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत आफु रुसको काजान प्रस्थान गरेको जानकारी दिएका छन ।

यो ब्रिक्सको १६ औँ शिखर सम्मेलन हो। उनले आफ्नो पोस्टमा भारतका लागि ब्रिक्सको महत्त्व उल्लेख गर्दै यस शिखर सम्मेलनमा धेरै ठुला विषयहरूमा छलफल गर्न लागेको बताए। उनले यो शिखर सम्मेलनमा धेरै नेताहरूसँग भेटघाट गर्ने समेत लेखेका छन् ।

मोदीले यसअघि ८ र ९ जुलाईमा रुसको भ्रमण गरेका थिए । अर्थात् यो वर्ष प्रधानमन्त्री मोदीको यो दोस्रो रुस भ्रमण हो । भारतीय प्रधानमन्त्री मोदी ब्रिक्स शिखर सम्मेलनमा भाग लिन रुस जानुअघि सोमबार भारतका विदेश सचिव विक्रम मिश्रीले विशेष पत्रकार सम्मेलन आयोजना गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us