काठमाण्डु, ५ कात्तिक– सात्ताको कारोबारको दोस्रो दिन आज सोमबार सेयर बजार (नेप्से) परिसूचक र कारोबार रकम दुवैमा गिरावट आएको छ । ५८ अंकले बजार घट्दा परिसूचक २६४० बिन्दुमा आरोलो लागेको छ ।
आज (सोमबार) कारोबार रकममा पनि ठुलो गिरावट आएको छ । समग्रमा १ करोड ३८ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ९० करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आइतबार ४७ अंकले बजार घट्दा पनि ८ अर्ब १८ करोडको कारोकार भएको थियो । सोमबार २२१ कम्पनीको मूल्य घट्दा २३ कम्पनीको मात्रै मूल्य बढेको छ । विन नेपाल लघुवित्त र कर्पोरेट डेभलप्मेन्ट बैंकको सेयर मूल्य ९. ९८ प्रतिशतले बढ्यो ।
कारोबार रकमका हिसाबले सोमबार हिमालयन रिइन्स्योरेन्स लिमिटेड शीर्ष स्थानमा रहेका छन । यसको २२ करोड ३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । सोमबार नेप्सेमा सूचीकृत सबै उपसमूहको सूचक घटेको छ ।