इजरायलद्वारा लेबनानको राजधानी बेरुतमा हवाई हमला

काठमाण्डु टुडे २०८१ कार्तिक ५ गते ९:५६ मा प्रकाशित

एजेन्सी- इजरायलले लेबनानको राजधानी बेरुतमा भिषण आक्रमण गरेको छ ।

बीबीसीले हिजबुल्लाहलाई सहयोग गर्ने बैंक र वित्तिय संस्थालाई लक्षित गरी इजरायलले बमबारी गरेको जनाएको छ ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले हिजबुल्लालाई सहयोग गर्ने बैंकसहित २४ स्थानमा आक्रमण गर्ने पूर्व चेतावनी दिएको थियो ।

बीबीसीका अनुसार बेरुतको दक्षिणी क्षेत्रमा पर्ने हिजबुल्लाह नियन्त्रित दहिह शहरमा इजरायलले ८ वटा हवाई हमला गरेको छ ।

लेबनानी मिडियाले देशका पूर्वी क्षेत्रमा पनि इजरायली हमला भएको जनाएको छ ।

लेबनानबाट प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निजी निवासमा शनिबार ड्रोन हमला भएपछि इजरायली सेनाले आक्रमण तीव्र पारेको छ ।

नेतन्याहुले आफ्नो हत्या प्रयास भएको भन्दै हिजबुल्लाविरुद्धको जित नभएसम्म आक्रमण जारी राख्ने बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us