अण्डाको मूल्यमा भारी वृद्धि

काठमाण्डु टुडे २०८१ कार्तिक ४ गते १८:५० मा प्रकाशित

काठमाण्डु, ४ कात्तिक– कुखुराको अण्डको मूल्यमा वृद्धि भएको छ ।

आइतबारदेखि लागू हुने गरी अण्डाको मूल्य प्रतिक्रेट ५० देखि ६५ रुपैयाँसम्म वृद्धि भएको हो ।

योसँगै यसअघि ४ सय २० रुपैयाँ रहेको सबैभन्दा ठूलो अन्डाको मूल्य आइतबारदेखि ४ सय ७० रुपैयाँ पुगेको छ ।

३९० रुपैयाँ प्रतिक्रेटको ठूलो अन्डाको मूल्य ४ सय ५५ र मध्यम आकारको अण्डाको मूल्य सय ४० रुपैयाँ प्रतिक्रेट कायम भएको नेपाल लेयर्स कुखुरापालक संघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us