इजरायली प्रधानमन्त्री नेतन्याहुको हत्या प्रयास !

काठमाण्डु टुडे २०८१ कार्तिक ४ गते ८:४२ मा प्रकाशित

काठमाण्डु, ४ कात्तिक– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्नो हत्या प्रयास भएको बताएका छन् ।

नेतन्याहुले आफ्नो हत्या प्रयासमा हिजबुल्लाहले ड्रोन हमला गरेको बताए । हमलाका लागि हिजबुल्लाहले महंगो मुल्इ चुकाउनुपर्ने उनको चेतावनी छ ।

प्रधानमन्त्री नेतन्याहुले सामाजिक सन्जाल एक्समा इरानको प्रोक्सी हिजबुल्लाहले आफ्नो र आफ्नी पत्नीको हत्या प्रयास गरेर ठूलो गल्ती गरेको लेखेका छन् ।

नेतन्याहुको सिजेरिया शहरस्थित समुन्द्री किनारामा रहेको घरलाई लक्षित गरी शनिबार हिजबुल्लाहले तीनवटा मानवरहित ड्रोनमार्फत ५५ पटक हमला गरेको थियो ।

तीनमध्ये एउटा ड्रोन सिजेरिया शहरको एक भवनमा ठोक्किएको थियो ।

राजधानी जेरुसेलमस्थित निवास प्रबलीकरण भइरहेका कारण प्रधानमन्त्री नेतन्याहु हाल सिजेरियाको निवासमा बस्दै आएका छन् । इजरायली सुरक्षा फौजले हमलाको समयमा प्रधानमन्त्री निवासमा नरहेको उल्लेख गरेको छ ।

‘ड्रोन हमलाको समयमा प्रधानमन्त्री र उहाँकी पत्नी त्यहाँ थिएनन् र त्यसकारण आक्रमणबाट कोही पनि घाइते भएका छैनन् ।’

नेतन्याहुले सत्रुहरुविरुद्धको लडाईं नरोकिने बताएका छन् । उनले आतंकवाद अन्त्यको अभियान जारी रहने उनले बताए । इजरायलको जित नभएसम्म युद्ध जारी राख्ने उनको भनाइ छ ।

‘म इरान र उसको प्रोक्सीलाई भन्न चाहन्छु कि तिमीहरुले ठूलो मूल्य चुकाउनुपर्छ । हामी आतंकवादलाई अन्त्य गर्ने अभियान रोक्ने छैनौं ।’
बीबीसीका अनुसार लेबनाले आक्रमण गरेपछि इजरायलले प्रत्याक्रमण जारी राखेको छ ।

शनिबार लेबनानको राजधानी बेरुतको उत्तरतर्फ रहेको निया भन्ने स्थानमा इजरायली आक्रमणमा दुई लेबनानी सर्वसाधारणको ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us