नेप्से परिसूचकमा सामान्य वृद्धि

काठमाण्डु टुडे २०८१ कार्तिक १ गते १६:०८ मा प्रकाशित

काठमाण्डु, १ कात्तिक– साताको कारोबारको अन्तिम दिन आज (बिहिबार) दिन सेयर बजार सामान्य अंक बढेको छ । अघिल्लो दिनको तुलनामा सेयर बजार परिसूचक नेप्से २.४७ अंक बढेसँगै २७४५ मा कायम भएको छ ।

दिउँसो कारोबार भइरहँदा २ः १० बजे बजार २७८० अंकसम्म पुगेको थियो । त्यसपछि बजार ओरालो लाग्दा वृद्धि खुम्चिन पुग्यो । बजार घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ५ अर्ब ६६ करोड कारोबार भएकोमा यस दिन ७ अर्ब १९ करोडको भयो ।

८९ कम्पनीको मूल्य बढ्दा १४२ को घट्यो भने १३ को स्थिर रहेको नेप्सले जनाएको छ । व्यापार समूह सबैभन्दा धेरै २.१० प्रतिशत घट्यो । बैंकिङ ०.४०, फाइनान्स ०.५१, लगानी ०.७१, उत्पादन ०.२१, अन्य ०.३६ प्रतिशत बढ्दा निर्जीवन बीमा स्थिरजस्तै रह्यो ।

माइक्रोफाइनान्स ०.१९, जीवन बीमा ०.२४, हाइड्रोपावर ०.१२, होटल तथा पर्यटन १.४८ र विकास बैंक समूह ०.६४ प्रतिशत घटे । गुडविल फाइनान्सको मूल्य सबैभन्दा धेरै ७.६ प्रतिशत बढ्यो ।

समाज लघुवित्तको ५.१२, रावा इनर्जीको मूल्य ५.१२ प्रतिशत बढ्यो । अपर स्याङ्गे हाइड्रोपावरको ५.१९ प्रतिशत मूल्य घट्यो । मिडसोलु हाइड्रोपावरको ५.०३, सामुदायिक लघुवित्तको ४.४७, सपोर्ट माइक्रोफाइनान्सको ३.४१, विशाल बजार कम्पनीको ३.१६ तथा आत्मनिर्भर लघुवित्तको ३.०४ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा कुमारी बैंक, एचआईडीसीएल प्रमोटर, हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप पावर र गुडविल फाइनान्स क्रमशः अगाडि रहन सफल भए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us