चर्चित पप गायक लियाम पेनको होटलबाट खसेर मृत्यु

काठमाण्डु टुडे २०८१ कार्तिक १ गते ८:३४ मा प्रकाशित

एजेन्सी- चर्चित पप गायक लियाम पेनको लडेर मृत्यु भएको छ ।

वन डिरेक्सन ब्यान्डका पूर्वसदस्य पेनको अर्जेन्टिनाको राजधानीस्थित एक होटेलको तेस्रो तलाबाट खसेर मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

३१ वर्षीय ब्रिटिस गायक पेन होटेलको तेस्रो तलाको बाल्कोनीबाट खसेको अर्जेन्टिनी प्रहरीले जनाएको छ ।

पेन सन् २०१० मा एक्स फ्याक्टर टीभी सोमा बनाइएको चर्चित ब्वायब्यान्डका सदस्यसमेत थिए ।

ब्युनस आयर्स प्रहरीले पेन लागूऔषध र मदिराको नसाका कारण दुर्घटनामा परेको हुन सक्ने आशंका गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us