हर्क साम्पाङविरुद्ध एमाले, माओवादी र रास्वपाको मोर्चा

काठमाण्डु टुडे २०८१ असोज ३० गते २१:३८ मा प्रकाशित

काठमाण्डू, ३० असोज- विभिन्न ६ राजनीतिक दलले उपमेयरलाई बाइपास गरी वडाअध्यक्षलाई कार्यबाहकको जिम्मेवारी दिने धरानका  मेयर हर्क साम्पाङको निर्णयप्रति आपत्ति जनाएका छन् ।

एमाले नगर अध्यक्ष हर्कजंग एभेङ, माओवादी नगर अध्यक्ष  सूर्यबहादुर भट्टराई मनोज, जसपा नगर अध्यक्ष  ताजुब लिम्बु, एकीकृत समाजवादीका रेवतीरमण राई, रास्वपा उपसभापति राम कार्की र  राप्रपा संयोजक नरेश शाक्यले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै साम्पाङले गलत गरेको बताएका छन् ।

‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को उपदफा ४  (क)१२ मा ‘सात दिनभन्दा बढी समय गाउँपालिका अध्यक्ष वा नगरपालिकाका प्रमुख अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने’ भन्ने स्पष्ट व्यवस्था रहेको छ, ’६ दलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उपमेयर अइन्द्रबिक्रम बेघालाई नदिई वडा नम्बर ११ का अध्ययक्ष लोकेन्द्र फागोलाई कार्यवाहकको जिम्मेवारी दिएपछि साम्पाङको आलोचना भइरहेको छ ।

१ कात्तिकमा बेलायत जान लागेका साम्पाङले बिहउड्ने २३ असोजमा पत्र लेख्दै २८ असोजदेखि आफू नआउन्जेलसम्मका लागि वडाध्यक्षलाई फागोलाई विभिन्न ५ सर्तसहित कार्यवाहकको जिम्मेवारी दिएका छन् ।

उपप्रमुख बेघाले मेयर साम्पाङको गैरकानूनी रुपमा कार्यवाह तोकेको भन्दै आफू कार्यवाहक मेयर भएको बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us