भारतबाट नेपाल ल्याउँदै गर्दा स्रोत नखुलेको ८ लाखसहित एक पक्राउ

काठमाण्डु टुडे २०८१ असोज ३० गते २०:०८ मा प्रकाशित

महोत्तरी, ३० असोज- प्रहरीले स्रोत नखुलेको ८ लाख ५ हजार ५ सय रकमसहित महोत्तरीको मनरा सिस्वा नगरपालिका-२ भोल्ही चोकबाट एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयको टोलीले बुधबार चेकजाँचका क्रममा सम्सी गाँउपालिका-७ का २८ वर्षीय रामस्नेही साहलाई  नियन्त्रणमा लिएको हो ।

साह  वीआर३०एएफ ३८७६ नम्बरको भारतीय नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आइरहेका थिए ।

उनको साथबाट १ हजार दरका ८ सय १ थान र ५ सय दरका ९ वटा नोट बरामद गरेको

महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us