प्रहरीले नियन्त्रणमा लिएको काठमाण्डू महानगरको डोजर फिर्ता

काठमाण्डु टुडे २०८१ असोज ३० गते १८:४६ मा प्रकाशित

काठमाण्डू, ३० असोज- प्रहरीले पशुपतिस्थित गौशाला धर्मशालाका अनधिकृत संरचना हटाउने क्रममा नियन्त्रणमा लिएको दुइई डोजर फिर्ता गरेको छ ।

काठमाण्डू महानगरले मारवाडी सेवा समितिले अनधिकृत रूपमा बनेका टहरा हटाउन पठाएको डोजर प्रहरीले नियन्त्रणमा लिएको थियो ।

डोजर प्रहरी वृत्त गौशालामा राखिएको थियो ।

महानगर प्रहरीले डोजर फिर्ता ल्याएको नगर प्रहरीका एसपी दिनेश अर्यालले जानकारी दिए ।

महानगरले धर्मशालामा मारवाडी सेवा समितिको बोर्ड हटाएर आफ्नो बोर्ड झुण्ड्याएको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रवक्ता एसपी नवराज अधिकारीले महानगरको डोजर नियन्त्रणमा नलिएको दाबी गरेका थिए

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us