सरकारसँग लगभग दुई तिहाइ छ भन्ने हेक्का रहोस्: प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ असोज ३० गते १८:२६ मा प्रकाशित

काठमाण्डु, ३० असोज– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिर्वतनको हल्लाको पछाडि नलाग्न सबैलाई आग्रह गरेका छन ।

आज (बुधबार) प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले भने, ‘दिनैपिच्छे सरकार परिर्वतन हुन्छ भन्न्ने सुनिने गरेको पनि बताएका छन ।

प्रधानमन्त्री ओलीले भने, ‘दशैंपछि तुरुन्त परिर्वतन हुन्छ रे’, उनले अगाडि भने, ‘कुनै दशैं भन्या ? ०८४ को दशैंपछि चुनावमा ? ठीकै हो ।’ अब आफूले करिव एक वर्ष ९ महिना सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने उनले बताए ।

एमाले अध्यक्ष समेत रहेका ओलीले भने, मैले पहिले नै भनिसकेको छु, आफैं फेरिन्छ यो सरकार ।’ देउवा नेतृत्वको सरकारले चुनाव गराउने भन्दै उनले ढुक्क रहन आग्रह गरेका छन ।

कांग्रेस र एमाले मिलेर सरकार बनेको भन्दै ओलीले भने, ‘यो खरानीको डल्लो होइन, सरकारसँग लगभग दुई तिहाइको छ भन्ने सबैमा हेक्का रहोस् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us