पूर्वमन्त्री डम्बर श्रेष्ठको निधन

काठमाण्डु टुडे २०८१ असोज ३० गते १५:०१ मा प्रकाशित

काठमाण्डु, ३० असोज– नेकपा मालेका नेता एवं पूर्वमन्त्री डम्बर श्रेष्ठको निधन भएको छ । क्यान्सरबाट पीडित उनको चितवनस्थित आफ्नै निवासमा आज बुधबार बिहान निधन भएको उनको पारिवारीक स्रोतले जनाएको छ ।

 यस्तै  उनको मृत्युमा नेकपा मालेले बुधबार एक शोक वक्तव्य जारी गर्दै उनको निधनले स्तब्ध भएको जनाएको छ । नेकपा मालेका महासचिव सिपी मैनालीलेद्धारा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कमरेड डम्बरको निधनले पार्टीले एउटा जिम्मेवार नेता र नेपालको श्रमजीवी वर्गले एउटा भरपर्दो क्रान्तिकारी साथी गुमाएको छ । यो अपूरणीय क्षति हो ।’

नेकपा मालेको स्थायी कमिटीका परामर्शकारी सदस्य समेत रहेका उनले लामो समयदेखि चितवनको भरतपुर स्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा क्यान्सर रोगको उपचार गराउँदै आएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us