प्रस्तावित न्यायाधीश निरौलाविरुद्ध दुईवटा उजुरी

काठमाण्डु टुडे २०८१ असोज ३० गते १४:२३ मा प्रकाशित

काठमाण्डु, ३० असोज– सर्वोच्च अदालतको लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौलाविरुद्ध दुईवटा उजुरी परेको छ । प्रस्तावित न्यायाधीश निरौलाविरुद्ध निर्धारित समयमा दुईवटा उजुरी परेको संसदीय सुनुवाइ समितिकी सहसचिव निर्मलादेवी लामिछाने वस्तीले जानकारी दिएकी छन ।

सुनुवाइ समितिले यही असोज १५ गते सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्धय निरौला र नित्यानन्द पाण्डेविरुद्ध उजुरी आह्वान गरेको थियो ।

निर्धारित समयमा निरौलाविरुद्ध मात्रै दुइ वटा उजुरी परेको उनले जानकारी दिउकी हुन । एउटा उजुरी इमेलमार्फत र एउटा उजुरी भौत्तिक रुपमा उपस्थित भएर दिइएको स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार निरौलाविरुद्ध सर्वोच्च अदालतको भवन निर्माणसँग सम्बन्धित एउटा उजुरी छ । अर्को उजुरी नियुक्ति प्रक्रियासँग सम्बन्धित छ । न्यायाधिश नियुक्ति प्रक्रियालाई लिएर नेपाल बार एशोसियसनले विरोध गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us