म्यानमारमा तेलको जहाजमा आगलागी हुँदा ८ जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ असोज ३० गते १३:३३ मा प्रकाशित

एजेन्सी– दक्षिणी म्यानमार क्षेत्रमा तेलको जहाजमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ । यस्तै उक्त आगलागीमा परी तीन जना घाइते भएका छन भने एक जना बेपत्ता भएको अन्तारष्ट्रिय सञ्चारमाध्यम हरुले जानकारी दिएका छन ।

तानिन्थाइ क्षेत्रको दावेई टाउनसिपको बन्दरगाहमा एउटा तेल ट्याङ्करले अर्को तेल भण्डारण जहाजमा रिफिल गरिरहेको बेला तेल भण्डारण गर्ने जहाजमा आगो लागेको विभागले जानकारी दिएको छ ।

मृत्यु हुनेमा सात पुरुष र एक महिला रहेको त्याहाँका सञ्चारमाध्यम हरुले जनाएका छन । घाइते हुनेमा दुई पुरुष र एक महिला रहेको र बेपत्ता हुनेमा एक पुरुष रहेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us