गजल सञ्चालकमाथि खुकुरी प्रहार

काठमाण्डु टुडे २०८१ असोज ३० गते ५:३७ मा प्रकाशित

विराटनगर, ३० असोज- विराटनगरको विराटनगरको भूमि प्रशासन चोकस्थित  मुन गीत गजलका सञ्चालक दिलिपकुमार भगतमाथि खुकुरी प्रहार भएको छ ।

भगतमाथि मंगलबार सांझ गजलमै खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट देब्रे हात र नाकमा चोट लागेका भगतको कोशी अस्पतालमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक हेमराज ओलीले विराटनगर महानगरपालिका-९ का सावन दास र विनोद रायले भगतमाथि खुकुरी प्रहार गरेको बताए ।

घटनापछि फरार भएका उनीहरूको खोजी भइरहेको ओलीले बताए । घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us