
एजेन्सी-अमेरिकाको सिकागो जाँदै गरेको एयर इन्डियाको उडान मंगलबार क्यानडाको एउटा विमानस्थलमा बमको धम्कीपछि डाइभर्ट गरिएको अधिकारीहरूले बताएका छन् ।
दिल्लीबाट उडेको विमानलाई अनलाइन बमको धम्की प्राप्त भएपछि क्यानाडातर्फ डाइभर्ट गरिएको हो ।
उक्त विमान क्यानाडाको इक्लुइट विमानस्थलमा अवतरण गराइएको एजेन्सीहरूले उल्लेख गरेका छन् ।
त्यस्तै सोमबार मुम्बईबाट न्युयोर्कका लागि उडेको एयर इन्डियाको विमानलाई बमको धम्कीपछि दिल्लीतर्फ डाइभर्ट गरिएको थियो ।
तर, चेकजाँचका क्रममा कुनै शंकास्पद वस्तु भेटिएन ।
भारतको नागरिक उड्डयन सुरक्षा निकाय र नागरिक उड्डयन सुरक्षा ब्यूरोले जुनमा यस्तो धम्की दिनेहरूलाई पाँच वर्षको उडान प्रतिबन्धको प्रस्ताव गरेको थियो ।