दुई तिहाइको ओली सरकार बनेपछि विदेश जाने विद्यार्थी झन् बढे

काठमाण्डु टुडे २०८१ असोज २९ गते १८:४४ मा प्रकाशित

काठमाण्डु, २९ असोज– संसदका दुई ठूला दल काँग्रेस र एमालेको दुई तिहाइको सरकार बनेपछि देशबाट बाहिरिने विद्यार्थी संख्यामा ह्वात्तै वृद्धि भएको देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिना साउन र भदौमा नेपालबाट विदेश पढ्न जाने विद्यार्थीले २८ अर्ब १६ करोड रुपैयाँ लगेका छन् ।

अघिल्लो वर्ष सोही अवधिमा विदेश अध्ययनमा जाने विद्यार्थीसँगै २३ अर्ब ३३ करोड रुपैयाँ मात्र बाहिरिएको थियो ।

गत वर्षको तुलनामा यो वर्षको सोही अवधिमा विद्यार्थीले लगेको रकम ५ अर्बले बढी हो । रकम बढेकाले विदेशिने विद्यार्थी संख्या पनि बढेको अनुमान गर्न सकिन्छ ।

शिक्षामा अधिक रकम विदेशिँदा सेवा आय निरन्तर घाटामा रहको केन्द्रीय बैंकले जनाएको छ । भदौसम्म खुद सेवा आय २८ अर्ब २० करोडले घाटामा देखिन्छ ।

अघिल्लो वर्ष साउन र भदौमा सेवा आय २५ अर्ब २३ करोडले घाटामा थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us