ओली सरकार बनेपछि रेमिट्यान्स् घट्यो, विदेश जाने बढे

काठमाण्डु टुडे २०८१ असोज २९ गते १८:३४ मा प्रकाशित

काठमाण्डु, २९ असोज– चालु आर्थिक वर्ष २०८१÷०८२ को दोस्रो महिना भदौंमा १ खर्ब २६ अर्ब बिप्रेषण भित्रिएको छ । ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा सो तथ्यांक उल्लेख छ । साउनको तुलनामा यो १० अर्बले कमी हो । साउन यो रकम एक खर्ब ३६ अर्ब थियो ।
पछिल्लो २१ महिनायता निरन्तर मासिक एक खर्बभन्दा बढी बिप्रेषण भित्रिँदै आएको थियो । साउन र भदौमा दुई खर्ब ६३ अर्ब रूपैयाँ बिप्रेषण आएको छ ।

दुई महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा भने ९।९६ प्रतिशतले बढेको छ ।

काँग्रेस र एमाले मिलेर केपी ओली नेतृत्वमा सरकार बनेपछि आर्थिक अवस्थामा सुधार आएको दाबी सत्तारुढ दलका नेताहरुले गर्दै आएका छन् ।

तर, तथ्यांकले भने उनीहरुको दाबी पुष्टि गर्दैन ।

राजनीतिक अस्थिरताका कारण मुलुकको आर्थिक अवस्था बिग्रिएको र युवा विदेशिने क्रम बढेकाले अवस्थामा सुधार ल्याउन आफूहरु मिलेको दाबी काँग्रेस–एमाले नेताले गर्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us