
एजेन्सी- माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जूले ४३ उपमन्त्री हटाउने भएका छन् ।
आर्थिक अवस्था सुधारका लागि भन्दै पछिल्लो दुई साताभित्र विभिन्न मन्त्रालयका २ सय २८ राजनीतिक नियुक्ति कटौती गर्न निर्देशन दिएका छन् ।
मंगलबार सामाजिक सन्जाल एक्समार्फत उनले ४३ उपमन्त्री, १०९ वरिष्ठ राजनीतिक निर्देशक र ६९ राजनीतिक निर्देशक हटाउन आदेश दिएका हुन् ।
यसबाट सरकारी बजेटमा हरेक महिना ५.७१४ मिलियन बचत हुनेछ बताए ।
राष्ट्रपतीय निर्वाचनका क्रममा मोइज्जूले अनावश्यक राजनीतिक नियुक्ति खारेज गर्ने प्रतिबद्धता जनाएका थिए ।
विश्वबैंकले एक साताअघि मात्र माल्दिभ्सको अर्थतन्त्रमा सुधारको संकेत नरहेको भन्दै चिन्ता व्यक्त गरेको थियो ।