नुवाकोट, २८ असोज- नुवाकोटको शिवपुरी खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बेपत्ता भएका छन् ।
प्रहरी नायब उपरीक्षक तीलक भारतीले शिवपुरी गाउँपालिका-८ सिम्लेमा काठमाण्डूको नाजार्जुन नगरपालिका-८ भिमढुंगाबाट टीका लगाउन मामाघर आएका ९ वर्षीय सिशान तामाङलाई खोलाले बगाएको जानकारी दिए ।
भारतीका अनुसार बालकको खोजीमा प्रहरी र स्थानीय सक्रिय छन् ।