मकवानपुरको मनहरीमा बस र ट्रक ठोक्कियो, ३० जना घाइते

काठमाण्डु टुडे २०८१ असोज २८ गते २२:३४ मा प्रकाशित

मकवानपुर, २८ असोज- पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरि गाउँपालिका–६ चौकीटोलस्थित सडकमा सोमबार साँझ ५ बजेतिर यात्रुवाहक बस र ट्रक आपसमा ठोक्किँदा ३० जना यात्रु घाइते भएका छन् ।

चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना७ख३१२० नम्बरको बस र मनहरिबाट चितवनतर्फ जाँदै गरेको ना६ख ३११९ नम्बरको ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । रौतहटको चन्द्रनिगाहपुरका ४४ वर्षीय शत्रुराज सिलवाल, १५ वर्षीय भीमकुमार थापा, पाल्पाका ३६ वर्षीया ममता नेपाली, १५ वर्षीया आशिका नेपाली, चितवनको राप्ती नगरपालिका–११ का १० वर्षीया मुना लोप्चन, मकवानपरको हेटौँडा उपमहानगरपालिका–४ का ४५ बर्षीया सुशीला पराजुली, चितवन राप्ति नगरपालिका–११ का ३० वर्षीया ममता तामाङ, ११ वर्षीया मनिषा तामाङ, ट्रक चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ का वर्षीय गणेश लामा, तनहुँको घिरिङ गाउँपालिका–२ का ३१ वर्षीया नन्दकली थापा, निजको छोरी नौ वर्षीया मिनाक्सी थापा, मोहत्तरीको बर्दिबास–५ का ३४ वर्षीय गोरेबहादुर परियार र ३० वर्षीय बिमलकुमार परियारको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।

यस्तै पाल्पाको रामपुर नगरपालिका–९ का ३५ वर्षीय भीमबहादुर नेपाली, निजको छोरी १० वर्षीया अमिना नेपाली, ६ वर्षीय छोरा अङ्कित नेपाली, चितवन राप्ति नगरपालिका–११ का ३५ वर्षीया शान्तिमाया थिङ, निजको छोरा १२ वर्षीय लख्वा दोर्जे तामाङ, निजको छोरी ११ वर्षीया सुष्मा लोप्चन, सर्लाहीको लालबन्दी नगरपालिका– ९ का ५७ वर्षीय तिलक बिकको पुरानो मेडिकल कलेज चितवनमा भरतपुरमा उपचार भइरहेको छ ।

साथै रौतहटको चन्द्रनियापुर नगरपालिका–४ का २१ वर्षीया तारा गुरुङ, सोही ठाउँका २५ वर्षीय पुष्कर गुरुङ, चितवनको राप्ति नगरपालिका–११ का ३१ वर्षीय चित्र तामाङ, मकवानपुरको मनहरि गाउँपालिका–६ का १८ वर्षीया सुहाना राई, महोत्तरीको बर्दिवास नगरपालिका–५ का ३३ वर्षीय बिनोदकुमार परियार र चितवनको भरतपुर महानगरपालिका–२१ का २८ वर्षीय प्रभु सापकोटाको पनि पुरानो मेडिकल कलेज चितवन भरतपुरमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us