बाढीपहिरोपछि उद्धारमा खटिंदा ज्वरो आएका सशस्त्र प्रहरी निरीक्षकको निधन

काठमाण्डु टुडे २०८१ असोज २८ गते १७:५६ मा प्रकाशित

काठमाण्डु, २८ असोज- बाढीपहिरोपछि उद्दार र राहतमा खटिएका सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर बडुवालको निधन भएको छ ।

सोमबार बिहान नेपाल एपीएफ अस्पताल बलम्बुमा उनको निधन भएको हो ।

विपद् व्‍यवस्थापनका लागि सशस्त्र प्रहरीले पनौती नगरपालिका -५ आइटी पार्कमा मनसुनजन्य विपद् व्‍यवस्थापन कमाण्ड स्थापना गरेको थियो ।

३ असोजदेखि हालसम्म बडुवाल त्यहीं कार्यरत थिए ।

सशस्त्रले काभ्रेको रोशी, भुमिडाँडा, बेथानचोक, नार्केबजार, मंगलटार, कालढुंगा, बाल्टिङ लगायत स्थानमा सशस्त्र प्रहरी परिचालित भएको थियो ।

उद्धारमा खटिएकै अवस्थामा प्रहरी निरीक्षक बडुवालाई ज्वरो आएपछि दशैंको टीकाको दिन २६ असेजमा एपीएफ अस्पताल बलम्बुमा भर्ना गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us