बारा, २८ असोज- बारामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
कोहल्बी नगरपालिका-२ पुरानो काँटास्थित जंगलमा ६३ वर्षीय हस्तबहादुर थोकरको हात्ती आक्रमणमा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार थोकर बिहान ७ बजेतिर घाँस काट्न घरबाट निस्किएका थिए ।
लामो समयसम्म घर नफर्किएपछि आफन्त र स्थानीय खोज्न गएका थिए ।
थोकरको शव पोष्टमर्टमका लागि कलैया प्रादेशिक अस्पताल पठाइएको छ ।