माओवादी केन्द्रले उपनिर्वाचनमा सत्तारुढ बाहेकका वाम दलसँग सहकार्य गर्ने

काठमाण्डु टुडे २०८१ असोज २२ गते १४:५३ मा प्रकाशित

काठमाण्डु, २२ असोज– नेकपा माओवादी केन्द्रले आगामी १६ मंसिरमा हुने स्थानिय तहको उपनिर्वाचनमा सत्तारुढ बाहेकका वाम दलहरुसँग सहकार्यको प्रयास गर्ने तयारी गरेको छ ।

पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले सोमबार जारी गरेको परिपत्रमा सत्तारुढ दल बाहेकका वाम तथा देशभक्त दलहरुसँग सहकार्यको प्रयास अगाडि बढाउन पहल गर्ने उल्लेख गरीको छ । स्थानीय तहका रिक्त ३४ पदमा यही मंसिर १६ गते उपनिर्वाचन हुने तय भएको छ ।

माओवादीले उम्मेदवार छनोटको विधिसमेत तोकेको छ । वडाध्यक्षको उम्मेदवार छनोट गर्दा वडा सदस्यहरुको भेला गरेर सहमति खोज्नुपर्ने, नभए बहुमतबाट निर्णय गरेर पालिका समितिमा सिफारिस गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।

पालिका प्रमुख, उपप्रमुख पदको उम्मेदवार छनोट गर्दा भने सबै वडाका प्रतिनिधि र पालिका समितिको बैठक बसेर सहमति वा बहुमतीय प्रणालीबाट छनोट गर्नुपर्ने परिपत्रमा उल्लेख छ । पालिका समितिले २५ कात्तिकभित्र प्रदेश र केन्द्रमा पठाउनुपर्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us