
काठमाण्डु, २२ असोज– साताको दोश्रो दिन सेयर बजार मापक नेप्से परिसूचक ३७.१३ अंकले बढेको छ ।
नेप्से २६९०.७२ बिन्दुमा बन्द भएको छ । कारोबार रकम पनि अघिल्लो कारोबार दिनको तुलनामा बढेको छ ।
आइतबार ६ अर्ब १३ करोडको कारोबार भएकामा यसदिन ७ अर्ब ९ करोडको रुपैयाँको कारोबार भयो ।अघिल्लो दिनको तुलनामा कारोबार रकममा ९६ करोड रूपैयाँको वृद्धि भएको छ ।
३ सय ५ वटा धितोपत्रको एक करोड ५८ लाख ४५ हजार ४ सय ४९ कित्ता सेयर किनबेच भयो । सोमबार १ सय ७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ६६ वटाको घटेको छ ।
यस्तै, दुई कम्पनीको सेयर मूल्य स्थिर रहयो । थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.९३ प्रतिशतले बढ्यो भने इष्टर्न हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले घट्यो ।
सोमबार चन्द्रागिरी हिल्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता मूल्य ९५२ रूपैयाँमा २६ करोड २३ लाखको सेयर कारोबार भएको हो ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनआरएन इन्फ्रास्टक्चर रहेको छ ।
कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये वित्त र उत्पादन तथा प्रशोधन समूहको परिसूचक घट्यो भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्रमा नेप्से बढेको हो ।
होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ३.५० प्रतिशतले बढेको छ । उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १.२९ प्रतिशतले घटेको छ ।