दसैंको मुखमा सेयर बजारमा उच्च वृद्धि

काठमाण्डु टुडे २०८१ असोज २० गते १६:३५ मा प्रकाशित

काठमाण्डू, २० असोज- साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ५६.०९ अंकले बढेको छ ।

नेप्से २.१५ प्रतिशतले बढेर २६५३.५८ विन्दुमा पुगेको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम भने केही घटेको छ

गत साता अन्तिम कारोबार दिन बुधबार ६ अर्ब ७७ करोडको कारोबार भएकामा आइतबार ६ अर्ब १३ करोडको कारोबार भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा ६४ करोड रूपैयाँ कमी आएको हो । ३०८ वटा धितोपत्रको एक करोड ५० लाख ४६ हजार ७१० कित्ता सेयर किनबेच भएको हो ।

आइतबार २१९ कम्पनीको सेयर मूल्य बढेको छ भने २३ घटेको छ । दुई कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

यसदिन न्यादी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशत बढ्यो भने विन नेपाल लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले घट्यो ।

आइतबार साहस ऊर्जाको सर्वाधिक ६३ करोड ८३ लाखको सेयर कारोबार  भएको छ । कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो ।

यसदिन वित्त समूहमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । उक्त समूहको परिसूचक सर्वाधिक ६.३० प्रतिशतले बढेको छ ।।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us