सागर ढकाल १५ लाखमा पोखरामा

काठमाण्डु टुडे २०८१ असोज २० गते १८:२८ मा प्रकाशित

काठमाण्डु, २० असोज– बायाँ हाते स्पिनर सागर ढकाललाई १५ लाख रुपैयाँमा पोखरा एभेन्जर्सले किनेको छ । ग्रेड ए मा नाम राखेका उनलाई किन्न अक्सनमा चितवन, सुदूरपश्चिम, पोखरा र कर्णाली प्रतिस्पर्धा चलेको थियो ।

लक्की ड मा पोखराले उनलाई पाउन सफल भएको हो । नेपालबाट टी–२० विश्वकप २०२४ खेलेका उनले लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । नेपालको यू-१९, पुलिसबाट घरेलु हुँदै नेपालको टोलीबाट खेलेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us