काठमाण्डु आइपुग्यो दसैँको खसी बोका

काठमाण्डु टुडे २०८१ असोज १९ गते १३:२७ मा प्रकाशित

काठमाण्डु, १९ असोज– काठमाण्डु उपत्यकामा दशैंका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका भित्र्याएको छ । कम्पनीले आज शनिबार थापाथलीमा खसीकोबा झारेको हो ।

हरेक वर्षजस्तै आइतबारदेखि सहुलियत मूल्यमा बिक्री सुरु गर्ने तयारी कम्पनीको रहेको छ । यस वर्षका जिउँदो खसीबोकाको मूल्य ६७० रुपैयाँ प्रतिकेजी निर्धारण गरिएको छ भने च्याङ्ग्राको १२३० तोकिएको छ ।

यो मूल्यमा १० प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ । शनिबार खसीबोका थापाथलीमा झारिए पनि च्याङ्गा भने ल्याइएको छैन । यो वर्ष एक हजारदेखि बढीमा १५ सय वटा खसीबोका र ३०० कालो च्याङ्‍ग्रा ल्याउने तयारी कम्पनीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us