
एजेन्सी– थाइल्यान्डमा मेडिकल लाइसेन्स बिना लिंग बढाउने अपरेसन गर्दै आएको घटना सार्वजानिक भएको छ । कक्षा ९ सम्म मात्रै अध्यन गरेका ३६ वर्षका ति युवाले लाइसेन्स बिना लिंग बढाउने अपरेसन गर्दै आएको खुलेपछि प्रहरीले ति युवालाइ पक्राउ गरेको छ । ती पुरुष मध्य थाइल्यान्डको सामुत साखोनका कित्तिकर्न सङ्गश्री हुन् ।
उनी गएको हप्ता मात्रै स्टिङ अपरेसनका क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो । आफूले सामाजिक सञ्जालबाट विज्ञापन दिने गरेको र हरेक महिना दुई तीन जना क्लाइन्टको अपरेसन गरेर लिंग बढाइदिने गरेको उनले प्रहरी अनुसन्धानको क्रममा बताएका छन । तर सो कामका लागि उनीसँग कुनै मेडिकल लाइसेन्स भने थिएन ।
आफू १४ वर्षको हुँदै खेरी यस्तो काम सिकेको र त्यसयता लिंगमा सिलिकन इम्प्लान्टको काम गर्न थालेको उनले बताए । उनी २० वर्षदेखि यो काम गरिरहेका थिए । तर यसै क्रममा एक जना क्लाइन्टमा गम्भीर सिलिकन संक्रमण भएपछि ती रुष्ट क्लाइन्टले अधिकारीहरूलाई उजुरी गरिदिएका थिए ।
ती छद्मभेषी डाक्टरलाई रंगेहात समात्न अन्डरकभर एजेन्ट सम्भावित क्लाइन्ट बनेर गएका थिए । सङ्गश्रीले अपरेसनका लागि बोलाएपछि अधिकारीहरूको एउटा समूहले डाक्टरको क्लिनिकमा छापा मारेका थिए ।
त्यसपछि उनले सबै कुरा कबुल गरेका थिए । हरेक सिलिकन इम्प्लान्टका लागि उनले ५ हजार भाटदेखि २० हजार भाटसम्म शुल्क लिन्थे । उनीमाथि अनधिकृत मेडिकल क्लिनिक चलाएको र लाइसेन्स बिना मेडिकल सेवा उपलब्ध गराएको अभियोग लागेको छ ।
आफैँले सिकेर किशोरावस्थादेखि ती पुरुषले त्यस्तो खालको जटिल शल्यक्रिया कसरी गरे र २० वर्षसम्म यसबारे कसैले सुँइको किन पाएन भन्ने चाहिँ रहस्यकै कुरा हो ।