२६५ रुपैयाँसम्म घट्यो हवाई भाडा

काठमाण्डु टुडे २०८१ असोज १६ गते १८:२८ मा प्रकाशित

काठमाण्डु, १५ असोज– पेट्रोलियम पदार्थको मूल्य घटेपछि हवाई भाडा समेत घटेको छ । परिवर्तित हवाई इन्धनको मूल्य अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधवार नयाँ भाडा दर लागू समेत गरेको छ ।

हवाई जहाजको भाडामा इन्धनको हिस्सा झन्डै ४० प्रतिशतको हुन्छ । सोही आधारमा घटेको इन्धन शुल्कलाई समायोजन गर्नेगरि भाडा दर निर्धारण गरीएको हो । नयाँ दर अनुसार काठमाण्डुबाट भद्रपुर १८० रुपैयाँ, काठमाण्डु–विराटनगर १४५ रुपैयाँ, काठमाण्डु–जनकपुर ७५ रुपैयाँ, काठमाण्डु–पोखरा ९५ रुपैयाँ मूल्य घटाइएको छ ।

त्यस्तै, काठमाण्डु –भद्रपुर ६५ रुपैयाँ, काठमाण्डु–भैरहवा १२० रुपैयाँ, काठमाण्डु–नेपालगन्ज १९५ रुपैयाँ तथा काठमाण्डु धनगढी २६५ रुपैयाँ भाडा घटाइएको छ ।

परिवर्तित भाडा दर अनुसार नयाँ भाडाको माथिल्लो, मध्यम र तल्लो सीमा घटेको छ । त्यस्तै, सर्ट टेकअफ एन्ड ल्यान्डिङ (एटीओएल) अन्तर्गत भने नेपालगन्ज–सिमकोट १८० रुपैयाँ, नेपालगन्ज–ताल्चा ९५ रुपैयाँ, पोखरा जोमसोम ४५ रुपैयाँ शुल्क घटाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us