
काठमाण्डु, १५ असोज– मंगलबार सेयर बजार मापक नेप्सेमा भारी वृद्धि भएको छ ।
यस दिन ११४.७० अंकले वृद्धि भई नेप्सेले २६ सयको बिन्दु पार गरेको छ । मंगलबार नेप्से २६२३.५६ विन्दुमा बन्द भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा पनि झण्डै दोब्बर वृद्धि भएको छ ।
सोमबार तीन अर्ब ७१ करोडको कारोबार भएकोमा यसदिन ७ अर्ब ६१ करोडको कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ३ अर्ब ९० करोड रूपैयाँ वृद्धि भएको हो ।
३०७ वटा धितोपत्रको एक करोड ७५ लाख ७ हजार ५५५ कित्ता सेयर किनबेच भए ।
मंगलबार २४३ कम्पनीको सेयर मूल्य बढेको छ भने एक कम्पनीको घटेको छ। एक कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
यसदिन २३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कारोबारमा रहेका सबै १५ वटै फाइनान्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो ।
गोर्खाज, गुडविल, श्री इन्भेष्टमेन्ट, सेन्ट्रल, जानकी, समृद्धि, गुहेश्वरी, आइसिएफसी, प्रोग्रेशिभ, मल्टीपर्पस, रिलायन्स फाइनान्सको मूल्य १० प्रतिशतले बढेको छ ।
मंगलबार एनएलजी इन्स्योरेन्स कम्पनीको सेयर सर्वाधिक कारोबार भयो ।
कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्सेमा हरियाली छाएको हो ।
यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ९.७४ प्रतिशतले बढेको छ ।