नख्खु खोलाले बगाएकालाई बचाउन हेलिकोप्टर पठाउन सकेनौंः गृहमन्त्री लेखक

काठमाण्डु टुडे २०८१ असोज १२ गते १३:२५ मा प्रकाशित

काठमाण्डु, १२ असोज– गृहमन्त्री रमेश लेखकले बाढी पहिरोबाट भएको क्षतिप्रति सरकार दुःखी रहेको बताएका छन् ।

केन्द्रीय सुरक्षा समिति बैठकपछि शनिबार उनले बाढी पहिरोमा परेकाको उद्दार, राहत तथा घाइतेको उपचारमा सरकारले गम्भीरतापूर्वक काम गर्ने प्रतिबद्धता जनाए ।

मन्त्री लेखकले जोमिखबाट जोगिन सुरक्षित स्थानमा बस्न आग्रह गरे । आफ्ना नजिक समस्यामा परेकाहरुलाई सहयोग गर्न उनको आग्रह छ ।

‘सरकारले उद्दार, राहत, घाइतेको उपचारमा गम्भीरतापूर्वक काममा गर्नेछौं’, उनले भने, ‘सुरक्षित स्थानमा बस्न र आफ्नो नजिक जोखिममा रहेकाहरुलाई सहयोग गर्न आग्रह छ ।’

नख्खु खोलामा बाढमिा फसेका चार जनालाई बचाउन कोसिस गर्दागर्दै नसकिएकोमा दुःख व्यक्त गरे । हेलिकोप्टर पठाउन नसकिएको तथा प्रहरी र सशस्त्र प्रहरीले उद्धार गर्न खोज्दाखोज्दै उनीहरु बगेको उनको भनाइ थियो ।

‘नख्खु खोलामा चार जनालाई कोसिस गर्दागर्दै पनि बचाउन सकेनौं । हामी दुःखी छौं । हेलिकप्टर पठाउन सकिएन । जमिनबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्दार गर्ने क्रममा उनीहरु नै बग्ने अवस्था आयो’, लेखकले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us