बाढी पहिरोमा परी उपत्यकामा २१ जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ असोज १२ गते १३:११ मा प्रकाशित

काठमाण्डु, १२ असोज– निरन्तरको भारती वर्षाका कारण बाढी र पहिरोमा परी काठमाण्डु उपत्यकामा १८ जनाको ज्यान गएको छ ।

बाढी पहिरोका कारण काठमाण्डुका विभिन्न स्थानमा ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाण्डु उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी विनोद घिमिरेकाले काठमाण्डुका विभिन्न स्थानमा ९ जनाको मृत्यु भएको बताए । एक जना बेपत्ता छन् । उनका अनुसार यो मधयाहन १२ बजेसम्मको तथ्यांक हो ।

यस्तै ललितपुरका विभिन्न स्थानमा ९ जनाको मृत्यु भएको छ । बाढ पहिरो प्रभावित क्षेत्रमा उद्धारका क्रममा ९ जनाको शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी डिएसपी नरहरि अधिकारीले जानकारी दिए । उनका अनुसार दुई जना हराइरहेका छन् । मृतकहरुको सनाखत हुन बाँकी छ ।
उता क्तपुरमा पहिरोमा पुरिएर गर्भवती महिलासहित तीन जनाको मृत्यु भएको छ ।

सूर्यविनायक नगरपालिका–९ पलाँसेस्थित एक टहरोमा पहिरो खस्दा कालिकोट स्थायी घर भएकी २४ वर्षीया दमिला शाही, उनकी छोरी ४ वर्षीया प्रिया बम र १४ वर्षीया मनिषा शाहीको मृत्यु भएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

थापाका अनुसार दमिला गर्भवती रहेको खुलेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us