ललितपुरमा ९ जनाको शव भेटियो, बाढीमा फसेका २ सय ८१ को उद्धार

काठमाण्डु टुडे २०८१ असोज १२ गते १२:३५ मा प्रकाशित

ललितपुर, १२ असोज–अविरल वर्षासँगै आएको बाढी र पहिरोमा फसेका परेका २ सय ८१ जनाको ललितपुरका विभिन्न स्थानबाट उद्धार गरिएको छ ।
उद्धारका क्रममा प्रहरीले ९ जनाको शव फेला पारेको छ । जिल्ला प्रहरी परिसर ललितपुर र मातहत कार्यालयबाट बोटलगायत उद्धार सामग्रीसहित १ हजार १ सय प्रहरी परिचालन गरिएको ललितपुरका डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।

सानेपा क्षेत्रबाट ७७ जना, बुंगमति क्षेत्रबाट ७५ जना, चापागाउँबाट ५५ जना, नख्खु हार्मोनी कोलोनीबाट ३० जना, इमाडोलबाट २८ जना, नख्खिपोटबाट १५ जना, र यूएनपार्कबाट एक जना गरी २ सय ८१ जनाको उद्धार गरिएको अधिकारीले बताए ।

हराएका ११ मध्ये ९ जनाको शव भेटिएको र दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us