मकवानपुर, १२ असोज– मकवानपुरको सिस्नेरीमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका पाँच विद्यार्थी पहिरोमा पुरिएका छन् ।
पाँचमध्ये तीन जनाको शव भेटिएको छ । कुलेखानी ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा उनीहरु पहिरोमा पुरिएको एकेडेमीका संयोजक सुवासचन्द्र ठकुरीले जानकारी दिए ।
छाटो बाटो रोजेर सुरक्षित स्थानतर्फ गइरहेका बेला उनीहरु दलदले हिलोमा फसेका र त्यही बेला पहिरो आएर बगाएको उनले बताए । मृतकको खनाखत हुन बाँकी छ । हराइरहेका दुई जनाको खोजी जारी छ ।