काठमाण्डु, ५ असोज– प्रहरीले रौतहटबाट दुई महिना अघि घरमा सुरुङ बनाएर चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ९ बिर्ति श्रीपुर बस्ने ३० वर्षीय जिआउल हक रहेको प्रहरीले जानकारी दिएको छ ।
गत २४ असारमा जिल्लको दुर्गा भगवती गाउँपालिका–५ बडहर्वा टोलका ३ जनाको घरमा सुरुङ बनाएर चोरी गर्ने ग्याङ्ग्का उनलाई रौतहट प्रहरीले पक्राउ गरेको हो ।
उनी नेतृत्वको समूहले गाउँपालिका–५ बडहर्वा टोल निवासी चन्देश्वर दास तत्मा, लक्ष्मी दास र रामनारायण साहको घरमा चोरी गरेका थिए ।
सो समूहले सुरुङ बनाई घरमा रहेका गरगहना, लत्ताकपडा, नगद तथा मोबाइल लगायतका सामानहरु चोरी गरेको प्रहरी नायब उपरीक्षक डीएसपी एलिजा गिरीले जानकारी दिएकी छन ।
घटनापश्चात् प्रहरीले गरेको सूक्ष्म अनुसन्धानका क्रममा चोरीमा जिआउलको संलग्नता भएको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीको दाबी छ ।
उनलाई बडहर्वा पुल नजिक घुम्दै गरेको अवस्थाबाट पक्राउ गरेको डीएसपी गिरीले जाानकारी दिएकी छन्। पक्राउ परेका हकमाथि चोरी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।