प्रवासी नेपाली एकता समाजको कार्यक्रममा भाग लिनका लागि लिङ्देन बेलायत प्रस्थान

काठमाण्डु टुडे २०८१ असोज ५ गते १५:२२ मा प्रकाशित

काठमाण्डु, ५ असोज– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष अध्यक्ष राजेन्द्र लिङ्देन बेलायत प्रस्थान गरेका छन्। पार्टीको प्रवासी नेपाली एकता समाजको कार्यक्रममा भाग लिनका लागि लिङ्देन शुक्रबार राति बेलायत प्रस्थान गरेको उनी निकट स्रोतले जानकारी दिएको छ ।

अध्यक्ष लिङ्देनले लण्डन र स्कटल्याण्डमा पानस युकेको आयोजनामा हुने छलफल र अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन पनि गर्नेछन्। साथै, विभिन्न नेपाली संघसंस्थाद्वारा आयोजना हुने स्वागत तथा नेपाली समुदायसंग हुने छलफलमा सहभागी हुने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन ।

अध्यक्ष लिङ्देनको भ्रमण टोलीमा उनकी श्रीमती सीता थापा लिङ्देन, प्रमुख सचेतक तथा प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य एवम् प्रवास विभाग प्रमुख आनन्द अधिकारी र केन्द्रीय सदस्य हिक्मतजंग कार्की रहेका छन । लिङ्देन असोज १० गते स्वदेश पर्केन कार्यक्रम रहेको उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us