काठमाण्डु, ५ असोज– सशस्त्र प्रहरी बल नेपाल, पर्साले विभिन्न स्थानबाट भन्सार छली गरेर अवैध रूपमा भित्राइएको रु १७ लाख २७ हजार मूल्य बराबरका कपडासहितको किरानाका सामान बरामद गर्न सफल भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको सशस्त्र प्रहरीले वीरगन्ज महानगरपालिका–१६ स्थित इनवाबाट अवैध रूपमा भित्रिएका किरानाका सामान, कपडा, जुत्तालगायतका सामान बोकेको ना ५७ प ५३२६ नम्बरको मोटरसाइकलसहित १४ लाख ६४ हजार सात सय ७० मूल्य पर्ने सामान बरामद गरीएको प्रहरीले जानकारी दिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वाटरका प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर कुँवरले शुक्रबार बलले अवैध रूपमा भन्सार छली गरेर भित्राइएका लत्ताकपडासहितका अन्य सामान बरामद गरिएको जानकारी दिएका छन ।