काठमाण्डु, ५ असोज– संयुक्त राष्ट्र संघीय महासभामा भाग लिन अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री केपी ओली न्यूयोर्क पुगेका छन् ।
राष्ट्रसंघको७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली बिहीबार त्यसतर्फ प्रस्थान गरेका थिए ।
स्थानीय समयअनुसार ओली शुक्रबार राति न्यूयोर्क पुगेका हुन् । ओलीलाई जोनअफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि कार्यबाहक राजदूत कुमार खरेलसहितले स्वागत गरे ।
ओलीको टोलीमा उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्रसचिव सेवा लम्साललगायत सहभागी छन् ।
ओलीले १० असोजमा संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । ओली १४ असोजमा स्वदेश फर्कने छन् ।