मकवानपुर, ५ असोज– मकवानपुरमा ग्यास बोक्ने भारतीय नम्बरको बुलेटको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१ गोरक्षेश्वर मन्दिर नजिकै एनएल–०१एल९०२६ नम्बरको ग्यास बुलेटले साइकलयात्रीलाई गएराति ठक्कर दिएको प्रहरीले जनाएको छ ।
मकवानपुर प्रहरी प्रमुख एसपी सीताराम रिजालका अनुसार मृत्यु हुनेमा साइकलयात्री भक्तपुरको सुँडाल घर भई हेटौँडा–११ थानाभर्याङ बस्ने ६० वर्षीय रमेश पाण्डे छन् ।
बुलेट ठक्करबाट गम्भीर घाइते पाण्डेलाई उपचारका लागि हेटौँडा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले ठक्कर दिने बुलेट र चालकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाइएको जनाएको छ ।