काठमाण्डु, ४ असोज– एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालबीच सांसदसमेत रहेका उपमहासचिव मेटमणि चौधरीले दिएको अभिव्यक्तिलाई लिएर ववाद भएको छ ।
सो पार्टीको बागमती प्रदेश समितिले शुक्रबार गरेको कार्यक्रममा नेपालले चौधरीको अभिव्यक्तिलाई लिएर गीत गाउँदै हिँड्न आवश्यक नभएको बताए ।
चौधरीले एक टेलिभिजन अन्तर्वार्तामा कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतको भूमि भएको भन्दै नेपालको दाबी नपुग्ने अभिव्यक्ति दिएका थिए ।
नेता खनालले चौधरीको अभिव्यक्तिलाई राष्ट्रघातीको संज्ञा दिँदै केही दिनअघि विज्ञप्ति जारी गरेका थिए । उनले चौधरीलाई कारबाही गरी पार्टीबाट निकाल्नुपर्ने बताएक थिए ।
चौधरीको अभिव्यक्ति सुन्दा भारतीय कि नेपाली नागरिक बोलिरहेको छ भन्ने छुट्याउन मुस्किल परेको खनालको भनाइ थियो ।
नेपालले चौधरीले गल्ती स्वीकार गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएको स्पष्ट गरिसकेकाले अब गीत गाएर नहिंड्न आग्रह गरे ।