जिबी राईले मलगायत सयौंको नाममा करोडौं ऋण लिएका रहेछन्, त्यसको भारी मैले किन बोक्ने ?

काठमाण्डु टुडे २०८१ असोज ४ गते १८:२३ मा प्रकाशित

काठमाण्डु, ४ असोज– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानले आफूलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई धेरै जटिल बनाइएको बताएका छन् ।

सहकारीको बचत अपचलनसम्बन्धी संसदीय छानबिन समितिलाई दिएको बयानमा उनले सहकारीहरुबाट गोर्खा मिडियामा रकम ल्याउनमा भूमिका नरहेको बताएका हुन् ।

समितिले सोमबार प्रतिनिधिसभामा बुझाएको प्रतिवेदन शुक्रबार संसद् सचिवालयले सार्वजनिक गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ । समितिले लामिछानेसँग विभिन्न पाँच सहकारीबाट गोर्खा मिडियामा ६५ करोडभन्दा बढी रकम अपलचन भएको विषयमा ९ घण्टा लगाएर सोधपुछ गरेको थियो ।

लामिछानेले बिजी राईसँगको आफ्नो सहयात्रा ग्यालेक्सी टेलिभिजनबाट सुरु भएर ग्यालेक्सी टेलिभिजनबाटै अन्त्य भएको बताएका छन् । लामिछानेले आफूलाई दोषी देखाउन सहकारी ठगीलाई
राजनीतिक विषय बनाइएका कारण सहकारीप्रति मानिसको विश्वास उडेको र अर्थतन्त्रलाई धक्का दिएको उल्लेख गरे ।

आफूविरुद्धको प्रमाण जुटाउन सरकारले कुनै कसर बाँकी नराखेको भए पनि कुनै आधार नभेदिएको दाबी गरे । ‘सहकारीको बचत रकम अपचलन गर्नेहरू अनुसन्धानको दायरामा छन् । प्रमाणले भ्याएकाहरू कोही छुटेका छैनन् ।

कुनै पनि व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउन सानो भन्दा सानो आधार पनि पर्याप्त हुन्छ । मेरो संलग्नताको खोजी गर्न सरकारले कुनै कसूर बाँकी राखेन । जिबी राईले मेरा नाममा र म लगायत सयौं व्यक्तिहरुको नाममा लिएको ऋण फर्जी हो भनेर प्रमाण जुटाई मुद्दा चलाइसक्दा पनि र उक्त ऋण लिदा पूरा गर्नु पर्ने कुनै पनि प्रक्रिया पूरा नगरी करोडौं रुपैंयाको अपचलन भएको प्रमाण जुटाइसक्दा पनि राज्य म माथि नै केन्द्रित भयो’, उनले बयानमा भनेका छन्, ‘मिडिया ममाथि नै खनियो । तर सहकारीको समस्या समाधान गर्नेतर्फ केन्द्रित हुन सकेन। यसले पीडितले न्याय पाउने कुरा निकै पर धकेलियो ।’

सहकारी छानबिन समिति र राज्यका अरु निकायले गरेको छानबनिमा आफूले सहकारीबाट गोर्खा मिडियामा रकल ल्याएको नभेटिएको लाछिानेले उल्लेख गरे । ‘मैले कुनै सहकारीबाट ऋण लिएको भए प्रमाण हुन्थ्यो । प्रमाण भएको भए म ऋणी हुन्थे । ऋणी भएको भए ऋण तिर्ने दायित्व हुन्थ्यो । तर ऋणी कसरी ठग हुन सक्छरु त्यसमाथि सिंगो राज्य लागेर गरेकी अनुसन्धानमा यत्रो प्रचार गरिएको अपचलनमा एक त्यान्द्रो पनि प्रमाण भेटिएन किनकी मैले सहकारीको पैसा अपचलन गरेको थिइन र छैन’, उने भने ।

मिडियाले लेखेकै आधारमा राज्य र केही दल आफ्नो पछि लागेको आरोप उनले लगाए ।
संसदमा आफूले सहकारीबाट ऋण लिन निवेदन दिएको प्रमाण रहेको भनिएको स्मरण गर्दै उनले भन्नेहरुले प्रमाण देखाउन नसकेको बताए ।

‘संसदमा मेरोविरुद्ध प्रमाण छ भनियो । मैले त्यो प्रमाण दिनुस, राजनीति छोडिदिन्छु भनेर चुनौती दिएँ । त्यस्तो प्रमाण छ भनिएको आज १ सय ६ दिन भयो । त्यो एउटा प्रमाण मैले पाउन सकिन । गोरखा मिडियामा रकम आएको हो भने ल्याउने मानिस पनि देखिएकै होला कुनै पनि कम्पनीको कुनै पनि जिम्मेवारीमा रहनु भनेको आफुले गर्दै नगरेको तर अरू साझेदारले गरेको गल्तीको भारी बोक्नु हो र ?उनले बयानमा भनेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us