काठमाण्डु र ललितपुरमा दुई पुरुष मृत फेला

काठमाण्डु टुडे २०८१ असोज ४ गते १२:३६ मा प्रकाशित

काठमाण्डु, ४ असोज- काठमाण्डुको टोखा नगरपालिका–३ पन्चेटारमा ६२ वर्षीय शोबिलाल श्रेष्ठ मृत भेटिएका हुन् ।

सिंचाई कुलेमा बिहीबार उनी मृत भेटिएको प्रहरीले जनाएको छ । उता ललितपुरको गोदावरी नगरपालिका–९ चुन्निखेल छम्पीमा एक पुरुष मृत भेटिएका छन् । मृतक ५७ वर्षीय मधुसूदन नेपाली रहेको ललितपुर प्रहरी परिसरले जनाएको छ । दुवै घटनाको छानबिन अघि बढाइएको प्रहरीले  जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us